काठमाडौँ, २० कात्तिक । द्वन्द्वकालमा तत्कालीन माओवादी पक्षबाट हत्या गरिएका ओखलढुङ्गाका शिक्षक गुरु लुईंटेलसम्बन्धी तयार पारिएको वृत्तचित्रको आज प्रदर्शनी गरिएको छ ।
गुरु लुईंटेल प्रतिष्ठानको आयोजनामा भएको एक कार्यक्रममा २०६० भदौ २२ मा अपहरण गरी असोज ६ गते हत्या गरिएको विषयमा तयार पारिएको वृत्तचित्र देखाइएको थियो ।
वृत्तचित्र हेरिसकेपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत द्वन्द्वकालका पीडितले न्याय पाउने बताउनुभयो ।
उहाँले कही पनि पूर्ण सहमतिबाट संविधान नआउने बताउँदै संविधानप्रतिको असन्तुष्टिलाई सहमतिमार्फत समाधान गरिने छ भन्नुभयो ।
उपप्रधानमन्त्री रावलले संविधानलाई संशोधन गर्दै सबैका जायज मागलाई पूरा गरिने उल्लेख गर्नु भयो ।
भारतले लगाएको अघोषित नाकाबन्दी हटाउनै पर्छ भन्दै उहाँले यसका लागि उच्चस्तरीय राजनीतिक छलफल भइरहेको बताउनुभयो । रासस
No comments:
Post a Comment