महेन्द्रनगर (धनुषा), ९ मङ्सिर । धनुषाको ढल्केवर–जनकपुर सडकखण्डअन्तर्गत जनकपुर उपमहानगरपालिका–२५ लक्ष्मिनिया चोकमा आज दुई मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरको लक्ष्मिनिया चोकमा ढल्केवरबाट जनकपुरतर्फ आउँदै गरेको ज ७ प ३५८९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको ज ४ प २७८४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ज ४ प २७८४ नम्बरको मोटरसाइकलमा रहेका सपही गाविस–१ का बरुणदेव साहको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बघचौरा–३ का दिपेश मण्डल र सोही ठाउँका शिवबहादुर मण्डल घाइते भएको र दुबैको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment