हेटौँडा, ९ मङ्सिर । नेपाली काँग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतले मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अस्तित्व रहेसम्म हिन्दुधर्म जीवन्त रहने र कसैले खोस्न नसक्ने बताउनुभएको छ ।
नेपाल तीर्थ प्रकाशक सङ«घ हेटौडाद्वारा आज आयोजित नौदिने श्रीएघा महायज्ञको समापन समारोहमा उहाँले हालै जारी भएको संविधानमा हिन्दु धर्मलाई उच्च प्राथमिकता दिन नसकिएको भए पनि बहुसङ्ख्यक नेपालीको आस्थालाई संविधान र ऐनले निषेध गर्न नसक्ने बताउनुभयो ।
समाजमा धार्मिक स्वतन्त्रता प्रदान गरी मानव सभ्यता र परोपकारी भावनालाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।
सांसद इन्द्रबहादुर बानियाँले सबै नेपालीलाई हिन्दुधर्मप्रति आस्था राख्न र व्यावहारिकरुपमा मठमन्दिर जान कानुनले रोक नलगाएकाले नेपालीहरु विचलित हुन नपर्ने उल्लेख गर्दै धर्म मात्रै नभनी देशको आर्थिक समृद्धितर्फ लम्कनुपर्ने धारणा राख्नु भयो ।
सो अवसरमा नेता डा महतले महायज्ञमा सहभागी भई योगदान पु¥याउनुभएका विभिन्न पण्डित एवम् समाजसेवीहरुलाई दोसल्ला ओढाई अभिनन्दन गर्नुभयो ।
यसैबीच नेता महतले पार्टीका कार्यकर्ताले पार्टी सङ्गठनलाई गतिशिल र चुस्त बनाउन गुटबन्दीमा नलागी जनताको घरदैलोमा पुगेर सङ्गठन विस्तार गर्न लाग्नुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस मकवानपुरले आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा उहाँले काँग्रेस तत्काल सरकारमा सहभागी नभए पनि वर्तमान मधेस समस्यालाई तत्काल समाधान गर्नेतर्फ क्रियाशील रहेको उल्लेख गर्नु भयो ।रासस
No comments:
Post a Comment