Monday, November 9, 2015

जातीय छुवाछुत र विभेद अन्त्यका लागि अभियान

काठमाडौँ, २३ कात्तिक । सदियौँदेखि समाजमा व्याप्त जातीय छुवाछुत तथा विभेद अन्त्यका लागि देशव्यापी अभियान सञ्चालन गरिने भएको छ ।

अभियान सञ्चालनका निम्ति जातीय छुवाछुत तथा विभेद अन्त्यका लागि सक्रिय सङ्घसंस्था र सरोकारवाला निकायको सहभागितामा अभियान गठन गरिएको दलित गैरसरकारी संस्था महासङ्घका अध्यक्ष गजाधर सुनारले राससलाई जानकारी दिनुभयो ।

महासङ्घका अध्यक्ष सुनारको नेतृत्वमा मङ्सिर तेस्रो साताबाट सञ्चालन गरिने अभियानमा विश्व हिन्दू महासङ्घका पूर्व अध्यक्ष दामोदर गौतम, वर्तमान अध्यक्ष रामचन्द्र अधिकारी, ब्राह्मण समाजका केन्द्रीय कार्य समिति सदस्य तुलसीराम ओली, दलित अधिकारकर्मी कमला विश्वकर्मा र तेज सुनारलगायत रहनुभएको छ ।

अध्यक्ष सुनारले सदियौँदेखि दलित समुदायले भोग्दै आएको छुवाछुतको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।

आर्थिक, सामाजिक र राजनीतिकरूपमा राज्यको मूल धारबाट पछाडि पारिएको दलित समुदायले अहिले पनि छुवाछुतकै कारण ज्यान गुमाउनुपरेको छ ।

जातीय भेदभाव तथा छुवाछुत र कसुर सजाय ऐन, २०६८ लागू भएपछि पनि पानी छोएको वा चुलो छोएको निहँुमा चार जना दलित युवाको हत्या गरिएको छ । अन्तरजातीय विवाह गरेका कारण दर्जनौँ दलित घर परिवार विस्थापित हुनुपरेको छ ।

पहिलो संविधानसभामा ५० जना दलित सभासद्को सहभागिता रहेको थियो भने अहिले संसद्मा ४० जनाको सहभागिता रहेको छ । पछिल्लो पटक गठित मन्त्रिपरिषद्मा दलित समुदायबाट एक जना मात्र मन्त्री बनाएको भन्दै दलित समुदायले आपत्ति जनाउँदै आएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts