Monday, November 23, 2015

चौविस करोडको स्याउ बिक्री

पोखरा, ७ मङ्सिर । मुस्ताङमा यस वर्ष रु २४ करोड मूल्यको स्याउ बिक्री भएको छ ।

भारतको अघोषित नाकाबन्दीले विदेशबाट आयात गर्न नसकेपछि जिल्लामा उत्पादन भएको स्याउले राम्रो मूल्य पाएको हो । यस वर्ष जिल्लाको जोमसोमका ङ«डुक गुरुङले रु ८० लाख, मार्फाका नरबहादुर हिराचनले रु ४० लाख, टुकुचेका इन्द्रबहादुर तुलाचनले रु १६ लाख, टुकुचेका पद्मबहादुर थकालीले रु १५ लाख, मार्फाकै ज्ञानबहादुर थकालीले रु १४ लाख र शुक्रप्रसाद थकालीले रु नौ लाखको स्याउ बेचेर कमाएको मुस्ताङका वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले जानकारी दिनुुभयो ।

जिल्लामा गत वर्षभन्दा दुई मेट्रिक टन कम स्याउ उत्पादन भएको थियो । गत वर्ष तीन हजार ५०० मेटिक टन स्याउ उत्पादन भएकामा यस वर्ष तीन हजार ३०० मेट्रिक टन मात्रै स्याउ उत्पादन भएको थियो । जिल्ला कृषि विकास कार्यालयको यस वर्ष स्याउ उत्पादनमा १० हेक्टर क्षेत्रफल बढाउने र ३० हजार नयाँ बिरुवा थप्ने योजना रहेको अधिकृत बरालको भनाइ छ । गत वर्ष जिल्लामा ३३० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएकामा यस वर्ष ३३५ हेक्टर क्षेत्रफलमा स्याउ रोपिएको छ ।

यस वर्ष जिल्लामा प्रतिकिलो रु ८० देखि रु ८५ मा स्याउ बिक्री गरिएको थियो । स्याउ खरिदका लागि पोखरा, बागलुङ, म्याग्दी, पर्वत लगायतका जिल्लाबाट व्यापारी कृषकको बगैँचामै गई बोटबाटै ठेक्कामा स्याउ खरिद गरेका थिए । जिल्लाका १६ गाविसमध्ये १३ गाविसमा स्याउ उत्पादन हुने गर्दछ । बढी उत्पादन हुने गाविसमा टुकुचे, मार्फा, कागबेनी, छुसाङ छन् भने मुक्तिनाथ, जोमसोम, झोङ, घमी, चतान, खुर्साङ र कोवाङमा पनि स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको ८८३ हेक्टर क्षेत्रफल स्याउ उत्पादनशील क्षेत्र मानिन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts