पाल्पा, ७ मङ्सिर । जिल्लामा यसवर्ष धानको उत्पादनमा १२ प्रतिशतले कमी आएको छ ।
यसवर्ष आठ हजार ६२० हेक्टर क्षेत्रफलमा ३० हजार २६५ मेट्रिक टन धान उत्पादन भएको छ । गतवर्ष सोही क्षेत्रफलमा ३४ हजार ३९३ मेट्रिक टन धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । खेत रोप्ने समयमा प्रर्याप्त वर्षा नहुुनु र ढिलो रोपाइँ सुरु हँुदा उत्पादन घटेको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाले बताउनुभयो ।
जिल्लाको रामपुरफाँट, माडिफाँट, अर्गलीफाँट, दोभानलगायतका क्षेत्र धान उत्पादनको पकेटक्षेत्र मानिन्छ । जिल्लामा उत्पादन भएको धानले यहाँका मानिसलाई खान पुग्ने अवस्था कमै रहेकाले छिमेकी जिल्ला रुपन्देहीबाट धान निर्यात हुने गर्दछ । जिल्लामा थोरै समथरभूमि र धेरै डाँडाँकाडा रहेको हुँदा धानखेती कमै क्षेत्रमा गर्ने गरिन्छ ।
जिल्लामा उत्पादन भएको धानले यहाँका मानिसलाई खान नपुगे पनि अन्यबाली गहुँ, मकै, मौसमी तथा बेमौसमी तरकारी बालीमा किसान आत्मनिर्भर बनेका छन् । रासस
No comments:
Post a Comment