Monday, November 9, 2015

वार्ता र सहमतिबाट अगाडि बढ्न मधेसवादी दललाई आग्रह

काठमाडौँ, २३ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलले तराईका विभिन्न जिल्लामा भइरहेको आन्दोलनका कारण पर्यटन क्षेत्रमा देखिएका समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री पोखरेलले पर्यटकीय क्षेत्रलाई थप आकर्षण बनाउन काठमाडौँमा सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न लागिएको र सङ्ग्रहालय जतिसक्दो चाँडो सञ्चालनमा ल्याउने उल्लेख गर्नुभयो ।

उहाँले नेपाल वायु सेवा निगमलाई थप व्यवस्थित गर्दै कम्तीमा १०÷१२ वटा नयाँ विमान थप्ने र लुम्बिनी, पोखरा, सिमरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेसमेत योजना रहेको बताउनुभयो ।

मन्त्री पोखरेलले संंविधान जारी भएपछि लामो समयदेखि मधेसमा भइरहेको आन्दोलन नेपालको आन्तरिक मामिला भएको हुँदा वार्ता र सहमतिको आधारमा संसद्बाटै समाधान खोज्नसमेत आग्रह गर्नुभयो ।

मधेसमा देखिएको समस्या समाधानका निम्ति संसद्मा संशोधन विधेयक दर्ता भइसकेकाले त्यसलाई सरकारले अगाडि बढाउने उहाँको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts