Monday, November 9, 2015

मन्त्री केसीद्वारा कर्मचारीलाई निर्देशन

काठमाडौँ, २३ कात्तिक । उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले जनताको चाहनाअनुसार सेवा दिन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

मन्त्री भएपछि पहिलोपटक गरिब घरपरिवार सहयोग समन्वय बोर्डको निरीक्षण गर्दै गरिबको पहिचानसम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको हो ।
वास्तविक गरिबको पहिचान गर्नुपर्ने बताउँदै मन्त्री केसीले गरिबलक्षित कार्यक्रमलाई एकद्वारका माध्यमबाट अगाडि बढाउनसमेत कर्मचारीलाई निर्देशन दिनुभयो ।

बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले बोर्ड सचिवालयको कामका प्रगतिबारे मन्त्रीलाई जानकारी गराउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts