Friday, November 6, 2015

सङ्कटको सामना गर्न एक जुट हुनुपर्छ– पोखरेल

विराटनगर, २० कात्तिक । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले हामी आफ्ना समस्या समाधान गर्न सक्षम भएकाले यस विषयमा छिमेकीले बोल्नु आवश्यक नभएको बताउनुभएको छ ।

एमाले मोरङद्वारा आज विराटनगरस्थित पार्टी कार्यालयमा आयोजित बकरिद, नेपाल संवत्, दसैँ, तिहार र छठ पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान र चियापान कार्यक्रममा उहाँले आन्तरिक समस्याका नाममा छिमेकीले दुःख दिई सङ्कट सिर्जना गरेको बताउँदै संविधानका विषयमा मधेसमा भ्रम फैलाएर सामाजिक विद्वेष फैलाउने कार्य भइरहेकाले यस विषयमा हामी सबैलाई सचेत हुनुपर्छ भन्नुभयो ।

एमाले सचिव भीमप्रसाद आचार्यले जारी संविधानमा सबै वर्ग र समुदायको भावना समेटिएकाले यस विषयमा छरिएका भ्रम चिर्न सर्वसाधारणमा संविधानको विषयमा जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । अर्का सचिव योगेश भट्टराईले नेपालको आन्तरिक मामिलामा छिमेकीको ठाडो हस्तक्षेप स्वीकार नहुने बताउँदै कतै कमजोरी छ भने सच्याएर जान सकिने धारणा व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री लालबाबु पण्डितले भारतले नेपालको आन्तरिक मामलामा टाउको दुखाइरहनु नपर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts