Sunday, November 15, 2015

आयआर्जनमा कैदीबन्दी

पथरी (मोरङ), ३० कात्तिक । मोरङ कारागारमा रहेका कैदी बन्दीले आयआर्जनका लागि अगरबत्ती र ढाका टोपी बुन्ने काममा सक्रिय भएका छन् ।

कारागार प्रशासनका अनुसार कैदीबन्दीलाई सीपमूलक काममा सहयोग गर्ने उद्देश्यले टोपी बुन्ने तानको व्यवस्था गरिएको छ । कारागारमा १२५ वटा तानमा १२५ कैदीबन्दी टोपी बुन्ने पेसामा संलग्न छन् । टोपी मोरङ र सुनसरीका व्यवसायीले खरिद गर्ने गरेका छन् । टोपीको मूल्य बजारमा १५० देखि ५०० रुपैयाँसम्म पर्ने गरेको छ ।

केही महिनाअघि १०० कैदीबन्दीले अगरबत्ती बनाउने गरेका थिए । तर अगरबत्ती बनाउने मसला उपलब्ध नहँुदा यतिखेर काम रोकिएको छ । टोपी बनाएर राम्रो अम्दानी गर्नुका साथै टोपी बुन्ने सीपले भविष्यका लागिसमेत काम दिने कैदीबन्दीले बताएका छन् । ३५० जनाको क्षमता रहेको मोरङ कारागारमा अहिले ६०० भन्दा बढी कैदीबन्दी रहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts