Sunday, November 15, 2015

ऐतिहासिक दरबार बल्डेङगढी संरक्षणका लागि आर्थिक रकम सहयोग

रामपुर (पाल्पा), ३० कात्तिक । पाल्पाको ऐतिहासिक बल्ढेङगढी दरबारको भौतिक संरचना मर्मतका लागि सहयोग रकम जुटेको छ । ऐतिहासिक महत्व बोकेको दरबारको भौतिक संरचना मर्मतसम्भारका लागि नेपाली काँग्रेस महासमिति सदस्य सीता नेपालले रु ८० हजार ६३० रकम सहयोग गर्नुभएको छ ।

पाल्पाको महत्व झल्काउने ऐतिहासिक दरबारको भौतिक संरचना मर्मत नहुँदा अहिले जीर्ण अवस्थामा रहेको छ । प्राचीनकालमा लोकप्रिय रहेको ऐतिहासिक क्षेत्र बल्ढेङढी दरबार पछिल्लो समय सम्बन्धित निकायको ध्यान जान नसक्दा ओझेलमा परेको छ । “ऐतिहासिक महत्व बोकेको दरबारको भौतिक संरचना कमजोर हुँदा यसको महत्व नै दिन प्रतिदिन घट्दै गएकोले पुन संरक्षण गरी ऐतिहासिक महत्व उजागर गर्न आफूले रकम सहयोग गरेको हुँ”, नेपालले भन्नुभयो ।

दरबार १४औँ शताब्दीका मगर राजा वलिहाङ राना मगरले बनाएको किंवदन्ती रहेको छ । यसै क्षेत्रलाई राजधानी बनाएर बलिहाङ राजाले भारतको गोरखपुरसम्म राज्य गरेको त्रिविका प्रोफेसर तथा इतिहासकार राजाराम सुवेदीले लेखेको पुस्तकमा पाइन्छ । तर यसको प्रचारप्रसार र पूर्वाधार विकास नहँुदा ओझेलमा परेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts