Sunday, November 8, 2015

संविधान कार्यान्वयनमा सबै दलको एकता आवश्यक

काठमाडौँ, २२ कात्तिक । विभिन्न राजनीतिक दलका नेताले संविधान कार्यान्वयनको निम्ति सरकार र बाहिर रहेका सम्पूर्ण दलबीच एकता हुनुपर्नेमा जोड दिनुभएको छ ।

शुभदीपावलीको अवसरमा राष्ट्रिय अनलाइन पत्रकार सङ्घ (नोजा) द्वारा यहाँ आज आयोजित शुभकामना आदानप्रदान तथा ‘भारतले लगाएको अघोषित नाकाबन्दीपछिको जटिल अवस्था’ विषययक अन्तरक्रियामा नेताहरूले संविधान जारी गर्नुभन्दा पनि कार्यान्वयनको पाटो बढी चुनौतीपूर्ण हुने भन्दै त्यसका लागि सरकार, सबै दल र नेताहरू एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।
नेकपा (एमाले) का नेता तथा सांसद रामेश्वर फुयाँलले भारतले गरेको नाकाबन्दीका कारण आर्थिक मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा वैशाखमा गएको भूकम्पले भन्दा पनि बढी क्षति पु¥याएको छ भन्नुभयो ।

‘‘नाकाबन्दी अहिले मात्र होइन, २०२७ साल र २०४५ सालमा पनि भएको थियो तर हामी नेपाली छेपारोको कथा जस्तै कहिले आत्मनिर्भर हुन जानेनौँ, अब भने यसबाट पाठ सिकेर दीर्घकालीन समाधानसहित आत्मनिर्भरको बाटोतर्फ केन्द्रीत हुनुपर्छ’’–उहाँले भन्नुभयो ।

उहाँले लामो समयको तराई बन्द र नाकाबन्दीका कारण नेपाली जनता आक्रान्त बनिरहेको अवस्थामा आन्दोलनभन्दा पनि वार्ता र सहमतिको आधारमा संसदबाटै समाधान खोज्न मधेशवादी दलहरूसँग आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका नेता तथा सांसद जनदीश्वरनरसिंह केसीले लामो समयदेखि तराईमा भएको बन्द र नाकाबन्दी समस्या समाधान गर्न सरकार कुटनीतिक रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

संविधान जारी भइसकेको अवस्थामा नेपाली काँगेस सरकारमा जानुभन्दा पनि जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्दै संविधान कार्यान्वनतर्फ केन्द्रीत हुने उहाँको भनाइ थियो ।

राष्ट्रिय अनलाइन पत्रकार सङ्घ (नोजा) का अध्यक्ष मुकुन्द ढुङ्गानाले भारतले गरेको अघोषित नाकाबन्दीपछि नेपाली जनताले भोगिरहेको जटिल अवस्थाप्रति चिन्ता व्यक्त गर्दै समाधानका लागि आग्रह गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts