Sunday, November 8, 2015

आज सत्ताइस ट्याङ्कर नेपाल भित्रिए

काठमाडौँ, २२ कात्तिक । चीन सरकारले नेपाललाई अनुदान दिएको पट्रोलियम पदार्थमध्ये २७ ट्याङ्कर आज नेपालको उत्तरी सीमा रसुवागढीबाट भित्रिएका छन् ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलका अनुसार गत १४ गतेदेखि आजसम्म ७१ वटा ट्याङ्कर पेट्रोलियम पदार्थ लिएर नेपाल भित्रिइसकेको छ ।

दुईवटा ट्याङ्कर भने केरुङमा तेल भर्नका लागि केरुङतर्फ गएको र पेट्रोलियम पदार्थ बोकी आएका २७ ट्याङ्कर भोलि काठमाडौँ पुग्ने सशस्त्र प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts