Thursday, November 5, 2015

‘प्रधानमन्त्रीमा उम्मेदवारी दिनु गम्भीर गल्ती’

नेपालगन्ज, १९ कात्तिक । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले चार दलबीचको सहमति तोडेर प्रधानमन्त्रीमा काँग्रेसले उम्मेदवारी दिनु नेतृत्वको गम्भीर त्रुटि भएको टिप्पणी गर्नुभएको छ ।

सो दलको बाँके क्षेत्र नं १ द्वारा आज कोहलपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले केन्द्रीय समितिमा निर्णय नै नगरी सभापति सुशील कोइरालाले प्रधानमन्त्रीमा उम्मेदवारी दिनाले भएको गल्तीको पार्टीका कार्यकर्ताले समीक्षा र मूल्याङ्कन गरी अब पार्टीलाई कसरी पद्धतिमा हिँडाउने भन्नेतर्पm बहस हुनु जरुरी छ भन्नुभयो ।

क्षेत्रीय सभापति माधव खत्रीको अध्यक्षतामा भएको कार्यकर्ता भेलामा नेता खड्काले नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएकाले त्यसमा पार्टी कार्यकर्ताले गर्व गर्नुपर्ने प्रशस्तै ठाउँ रहेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts