Sunday, November 8, 2015

गुण्डागर्दी गर्ने चार पक्राउ

काठमाडौँ, २२ कात्तिक । गएराति गौशालाबाट गुण्डागर्दीमा संलग्न चार जना पक्राउ गरेको छ ।

काठमाडौँका विभिन्न ठाउँमा व्यापारी र सर्वसाधारणलाई धम्क्याउने र कुटपिट गर्ने चार जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब निरीक्षक सुरेन्द्र मैनालीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा काठमाडौँ बत्तीसपुतली बस्ने ४२ वर्षीय दिनेश डङ्गोल, गौशालाका २९ वर्षीय बिजेन्द्र कुँवर, तिलगङ्गाका ३५ वर्षीय प्रदिप देउला र सिफलका ४३ वर्षीय राकेश मुनकर्मी रहेको मैनालीले बताउनुभयो ।

गौशाला चोकस्थित एक दोहोरी साँझमा कर्मचारी तथा ग्राहकलाई कुटपिट गरी भाग्दै गरेको अवस्थामा प्रहरी टोलीले समातेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts