Sunday, November 8, 2015

दुर्घटनाबाट चालकको मृत्यु

धनगढी, २२ कात्तिक । धनगढी उपमहानगरपालिकाको फूलबारीमा आज से २ प ७५३६ नं को मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–४ का सुन्दर चौधरीको मृत्यु भएको जनाएको छ ।

मोटरसाइकलमा सवार गदरिया गाविसका दिलीप चौधरी घाइते भएका छन् । घाइतेलाई सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

पछाडिबाट आएको पल्सर मोटरसाइकलले दिएको ठक्करबाट उक्त मोटरसाइकल दुर्घटना भएको जनाएको छ । ठक्कर दिई फरार भएको मोटरसाइकलको खोजी प्रहरीले गरिरहेको छ ।

यसैबीच कैलालीको अत्तरिया नगरपालिका–१३ स्थित एक पसलबाट पाँच किलो २०० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरिएको छ ।

कञ्चनपुर कृष्णपुर गाविस घर भएका डम्बरबहादुर धामी र अत्तरियामा व्यवसाय गर्दै आएका गोमबहादुर बुढालाई लागुऔषध चरेससहित पक्राउ गरिएको जनाइएको छ । यी दुवै जनालाई बुढाको पसलबाट प्रहरीले पक्राउ गरेको हो ।

बझाङ जिल्लाबाट धामीले चरेस ल्याई कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । धामीको साथबाट प्रहरीले नगद दुई लाख रुपैयाँसमेत बरामद गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts