काठमाडौँ, २० कात्तिक । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले निःशुल्क टिकट र प्रवेशाज्ञाका विषयमा विगतमा भएको सहमति कार्यान्वयनमा श्रम तथा रोजगार मन्त्रालयले ढिलाइ गरिरहेको आरोप लगाएको छ ।
दसँै, तिहार, छठ, इद र ल्होसारका उपलक्ष्यमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सङ्घका अध्यक्ष विमल ढकालले घरेलु कामदार पठाउन सूचीकृत वैदेशिक रोजगार व्यवसायीले थप रु २५ लाख धरौटी राख्नुपर्ने लगायत सरकारले बनाएको निर्देशिकाका कतिपय प्रावधान सही नभएको बताउँदै सच्याउन माग गर्नुभयो ।
सङ्घका पूर्व अध्यक्ष एलपी साँवा लिम्बूले व्यवसायीले आन्दोलन गर्ने तर परिणाम ननिस्कने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताउनुभयो ।
मन्त्रालयका सचिव रामकुमार आचार्यले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफू व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताउनुभयो । रासस
No comments:
Post a Comment