Sunday, November 1, 2015

अरनिको राजमार्गमा दुर्घटनामा छजना घाइते

चौतारा, १५ कात्तिक । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कदमवास–५ स्थित च्यानेडाँडामा आज अपराह्न यात्रुबस र ट्रक एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा बसमा सवार छजना यात्रु घाइते भएका छन् ।

घाइते सबैलाई उपचारार्थ काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

घाइतेमध्ये दुई जना गम्भीर र अन्य चार सामान्य रहेको र उनीहरुमध्ये पाँच वर्षीय बालकसहित दुईजना आमाछोरा भक्तपुर जिल्लाका रहेको प्रहरीले जानकारी दिएको छ ।

बाह्रबिसेबाट काठमाडौँ जाँदै गरेको बा २ ख ७२४४ नम्बरको यात्रुबस र विपरीत दिसाबाट आइरहेको बा ३ ख ८७६० नम्बरको मिनी ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको र ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts