Tuesday, November 10, 2015

समाजको थप विकास हुँदै जाँदा हिंसा कम हुनेः उप्रधानमन्त्री मैनाली

काठमाडौँ, २४ कात्तिक । उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले समाज विकासको क्रमले गर्दा नै पछिल्लो समय महिला हिंसामा परेको भएपनि समाजको थप विकास क्रममा हिंसा कम हँुदै जाने बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगले आज यहाँ आयोजना गरेको महिला हिंसाविरुद्धको १६ दिने अभियानको तयारीका लागि गरिएको छलफल कार्यक्रममा उपप्रधानमन्त्री मैनालीले समाज परिवर्तनशील रहेकाले परिवर्तनकै क्रममा महिला हिंसा कम हुँदै जानेमा आफू ढुक्क रहेको बताउनुभयो ।

उहाँले पछिल्लो समय देशले सकारात्मक बाटो लिएकाले संविधानमा उल्लेखित महिला सम्बन्धित सबै अधिकारलाई कार्यान्वयन गर्न र महिला हिंसा न्यूनीकरण गर्न आफूले सक्दो पहल गर्ने विश्वास दिलाउनुएको छ ।

कार्यक्रममा आयोगका अध्यक्ष शेष जाँदतारा र प्रवक्ता मनु हुमागाईंले हिंसा कम गर्नका लागि आयोजना हुन लागेको १६ दिने अभियानमा सबैलाई सहभागी हुन आग्रह गरेको छ ।

सोही अवसरमा १६ दिने अभियानका लागि मन्त्री मैनालीको अध्यक्ष तथा आयोगको संयोजकत्व र महिला अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मी सदस्य रहने गरी १६ दिने अभियानका लागि मूल समारोह समिति गठन गरिएको छ ।

समितिले यस वर्षको लागि ‘घर शान्ति नै विश्व शान्तिको आधार, पुनःनिर्माण, शिक्षा र समान व्यवहार’ भन्ने नारा तय गरिएको छ । अभियान आगामी मङ्सिर ९ गतेदेखि सुरु हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts