Tuesday, November 10, 2015

दार्चुलामा जीप महाकालीमा खस्यो, दुईको मृत्यु

भीमदत्तनगर, २४ कात्तिक । दार्चुला जिल्लाको धापबाट यात्रु बोकेर सदरमुकाम खलङ्गा आउँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

धापबाट सदरमुकाम आउँदै गरेको म १ ज १४० नम्बरको जीप महाकाली नदीमा खसेर दुर्घटना भएको र दुई यात्रु मृत अवस्थामा महाकाली नदीमा तैरिएको फेला परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जीप महाकालीमा डुबेर देखिएको छैन । घटनाको विस्तृत विवरण आउन सकेको छैन । दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख सुशील सिंह राठौरको टोली गइसकेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts