Thursday, November 5, 2015

स्नातकोत्तर प्रथम वर्ष समाजशास्त्रको परीक्षाफल

काठमाडौँ, १९ कात्तिक । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल माघ÷फागुन महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह एमए दोस्रो वर्ष २०७० को (सोधपत्रबाहेक) समाजशास्त्र÷मानवशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।

त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को २६८ परीक्षाको मर्यादा विपरीत कार्य गरेकाले निम्न क्रमांकका परीक्षार्थीलाई त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निम्नानुसार निष्काशन गरिएको छ । १४०२३० र २८३०६२ का परीक्षार्थीलाई २०७१ सालको परीक्षासम्म दुई वर्षका लागि निष्काशन गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल धधध।भमगअबतष्यलकबलकबच।अयm,धधध।भमगकबलवब।िअयm,धधध।तग।लतअ।लभत।लउ ७ धधध।भमगअबतष्यलपजबदबच।अयm मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने छ ।

यसैबीच त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल साउन÷भदौ महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्कायतर्फ प्रवीणता प्रमाण–पत्र तह आइइडी आंशिक प्रथम वर्षको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालन समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ६६ को दफा २६८ र २७० अनुसार परीक्षाको मर्यादा विपरीत कार्य गर्ने परीक्षा क्रमांङ्क १५००२१ का परीक्षार्थीलाई त्रिविबाट सञ्चालन हुने २०७५ सालसम्म चार वर्षका लागि कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts