Thursday, November 5, 2015

‘मिस नर्स नेपाल’ पुसमा

काठमाडाँै, १९ कात्तिक । स्वास्थ्य पेसामा आबद्धका बीचमा आयोजना गरिँदै आएको सौन्दर्य प्रतियोगिता ‘मिस नर्स नेपाल २०७२’ आगामी पुस २५ गते आयोजना गरिने भएको छ ।

नर्सिङ पेसाले समाजमा पु¥याएको योगदानको कदर र सम्मान गर्दै यस पेसामा रमाई भविष्य खोज्ने युवतीको प्रतिभा निखार्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक नेक्स्ट मोडल्स नेपालका कार्यकारी अधिकृत रवि धमलाले जानकारी दिनुभयो ।

प्रतियोगितामा देशभरका ८० भन्दा बढी नर्सिङ कलेजका विद्यार्थी तथा १०० भन्दा बढी अस्पतालमा कार्यरत नर्स सहभागी हुने आयोजक संस्थाले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts