पाल्पा, १ मंसिर । पाल्पाको बराङ्दी–७ गाईघाट खोला नजिकै आज बिहान एक पुरुषको शव फेला परेको छ ।
रानीघाट जाने सडकको गाईघाट खोलाको गिद्धेगैरानजिकै घोप्टो परेको र खोलाको पानीमा डुबेको अवस्थामा शव फेला परेको हो ।
उक्त शव एक सातादेखि बेपत्ता भएका स्याङ्जा आलमदेबी–३ का ५९ वर्षीय शिवलाल विकको रहेको प्रहरीले जनाएको छ ।
बिहान स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका स्थानीय नलबहादुर साठीघरेले जानकारी दिनुभयो ।
दुई हप्ताअघि बिरामी भई तानसेनस्थित मिसन अस्पतालमा उपचारपछि घर फर्किनुभएका विक सम्पर्कबिहीन हुनुभएको थियो । रासस
No comments:
Post a Comment