Friday, November 6, 2015

सरकारले समस्या समाधान गरेन्–अध्यक्ष मुरारका

बनेपा, २० कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले चीनबाट इन्धन ल्याउने विषय नेपालका लागि स्वभाविक भएको बताउनुभएको छ ।

उद्योग वाणिज्य सङ्घ धुलिखेलले आज आयोजना गरेको शुभकामना आदानप्रदानमा उहाँले त्यसलाई अनावश्यक प्रचारको विषय बनाउन नहुने धारणा राख्नु भयो ।

उहाँले राष्ट्रवाद आवश्यक भए पनि अन्धराष्ट्रवाद आवश्यक नभएको बताउनुभयो ।

आफूलाई मधेसीको आरोप लागेको उल्लेख गर्दै मधेसी भएकै कारण मधेसीको वास्तविक समस्या आफूलाई थाहा भएको अध्यक्ष मुरारकाले जिकिर गर्नुभयो ।

उहाँले भारतको अघोषित नाकाबन्दीका कारण उद्योग व्यवसायको क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार उदासिन रहेको आरोप लगाउँदै पटक पटक आग्रह गर्दा पनि सरकारले वास्ता गरेन भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts