परासी, २४ कात्तिक । नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले देशमा सञ्चारजगतको विकासबिना देशको विकास असम्भव रहेको बताउनुभएको छ ।
उहाँले देश विकासमा सञ्चार मेरुदण्ड भएकाले यसको विकास र प्रवद्र्धनमा सबै लाग्नुपर्ने विचार राख्नुभयो । नवलपरासीको गैंडाकोटबाट आजदेखि प्रकाशन सुरु भएको ‘विजय खबर’ साप्ताहिक पत्रिकाको विमोचन समारोहमा आज उहाँले यस पत्रिकाको स्थायित्व र गुणस्तरीयता बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा काँग्रेस केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले सूचनाको हकको सिद्धान्तमा टेकेर सूचना प्रदान गर्न ‘विजय खबर’ सक्षम रहने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा सांसद कृष्ण पौडेल, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीलगायतले पत्रिकाले समग्र नवलपरासीको सञ्चार क्षेत्रमा थप बिकास पु¥याउन मद्दत मिल्ने विचार राख्नुभयो ।
नवलपरासीमा नै पहिलो सामुदायिक रेडियो विजय एफ एम १०१.६ सञ्चालन गरेको विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडले ‘विजय खबर’ साप्ताहिक पत्रिका पनि प्रकाशन सुरु गरेको हो । रासस
No comments:
Post a Comment