Tuesday, November 10, 2015

सशस्त्र प्रहरी बलद्वारा निःशुल्क बससेवा सञ्चालन

काठमाडौँ, २४ कात्तिक । सशस्त्र प्रहरी बलले बिरामी तथा यातायात सुविधाको अभावमा बेलुका घर फर्किन समस्यामा परेका यात्रुहरुलाई ध्यानमा राखेर आजदेखि तीनवटा वस सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँलाई समेट्ने गरी उक्त बसहरुले यात्रुहरुलाई निःशुल्क सुविधा प्रदान गर्नेछन् ।

बिरामी तथा जेष्ठ नागरिक एवम् अपाङ्गहरुलाई प्राथमिकता दिइने उक्त निःशुल्क बससेवा राति अबेरसम्म सञ्चालन गरिनेछ ।

बस सेवा सञ्चालन गर्दा विभिन्न अस्पताल तथा यात्रुहरुको बढी भिडभाड हुने ठाँउलाईसमेत लक्षित गरिएको छ । सशस्त्र प्रहरी बलको यस बस सेवाले सहरको मूल बाटोहरुमा सेवा प्रदान गर्नेछ ।

हाललाई सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक, स्वयम्भूबाट निस्कने तीनवटा बसहरुमध्ये एउटा बसले कलङ्की, सितापाइला, स्वयम्भू, वनस्थली, बालाजु, गोङ्गबु, सामाखुसी, बसुन्धारा, महाराजगन्ज, धुम्बाराही, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलङ्की हुँदै स्वयम्भूसम्मनै यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्नेछ ।

यसैगरी, स्वयम्भूबाट गुडेको अर्को बस कलङ्की, बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को, कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, धुम्बाराही, महाराजगन्ज, बसुन्धारा, सामाखुसी, गोङ्गबु, बालाजु, वनस्थली, स्वयम्भू, सितापाईला हुँदै कलङ्की पुगेर स्वयम्भू फर्किने बलले जनाएको छ ।

यसैगरी, अर्को बस स्वयम्भूबाट बालाजु, सोह्रखुट्टे, लैनचौर, जमल, रत्नपार्क, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सोही रुटबाट स्वयम्भू फर्किनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts