इलाम, ३० कात्तिक । जिल्ला अदालत इलामले कर्तव्य ज्यानमा संलग्न दुई जनालाई आज जनही १० वर्षको कैद सजाय सुनाएको छ ।
न्यायाधीश नवराज दहालको इजलासले नयाँबजार–२ का गङगाबहादुर सार्की र पद्मबहादुर सार्कीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम जनही १० वर्षको कैद सजाय सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।
अंशको विषयमा दाजुभाइबीच विवाद हुँदा उनीहरूले भाइ चित्रबहादुरको चिर्पट प्रहार गरी गत असार ३१ गते हत्या गरेका थिए । रासस
No comments:
Post a Comment