ललितपुर, ३० कात्तिक । वायु प्रदूषण, यसका स्रोत र वातावरण तथा जनस्वास्थ्यमा पार्ने नकारात्मक असरबारे सञ्चारकमर््ीलाई जानकारी गराउने उद्देश्यले आजदेखि ललितपुरमा क्षेत्रीय कार्यशाला सुरु भएको छ ।
कार्याशालामा अफगानिस्तान, बङ्गलादेश, भुटान, चीन, म्यान्मा, पाकिस्तान, नेपाल र भारतका गरी २८ जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।
एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) को आयोजनामा पहिलोपटक आयोजित सो कार्याशाला पाँच दिनसम्म सञ्चालन हुनेछ ।
कार्यशालाको शुभारम्भ गर्दै इसिमोडका डा अरुणभक्त श्रेष्ठले एसियाली मुलुकमा वायु प्रदूषणको समस्या उच्च रहेकाले यसबारे नीति निर्मातादेखि सर्वसाधारणलाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो ।
कार्यशालामा वरिष्ठ पत्रकार कुन्द दीक्षित, रम्येता लिम्बुलगायतका प्रशिक्षक रहेका छन् । रासस
No comments:
Post a Comment