काठमाडाँै, २ मङ्सिर । नेपाल स्वास्थ्यकर्मी सङ्घले स्वास्थ्य मन्त्रीलाई भेटी स्वास्थ्य क्षेत्रमा देखिएका समस्याबारे अवगत गराएको छ ।
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीलाई भेटी सङ्घले इन्धन अभावका कारण देखिएको औषधि अभावलगायत सरकारले छलफलबिना नै स्वास्थ्य नीति ल्याएकाले त्यसलाई सुधार गर्न माग गरेको छ ।
सो अवसरमा मन्त्री चौधरीले मुलुकमा देखिएको औषधि अभावको समस्या एक हप्ताभित्रै समाधान गर्ने बताउनुभयो ।
उहाँले स्वास्थ्य नीतिमा चित्त नबुझेका विषयमा छलफल गरी त्यसलाई संशोधन गर्ने बताउँदै अन्य चित्त नबुझेका विषयमा पनि सबैसँग छलफल गरी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो
।
नेपाल स्वास्थ्यकर्मी सङ्घका सहअध्यक्ष ओमप्रसाद उपाध्यायले मुलुकलाई स्वास्थ्य उपचारको सेवाबाट वञ्चित नगराउन मन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो । रासस
No comments:
Post a Comment