Tuesday, November 3, 2015

युनेस्को महासभाका लागि शिक्षामन्त्री पेरिसतर्फ

काठमाडौँ, १७ कात्तिक । शिक्षामन्त्री गिरिराजमणि पोखरेल संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को ३८औँ महासभामा भाग लिन आज फ्रान्सको पेरिस प्रस्थान गर्नुभएको छ ।

विश्वका शिक्षामन्त्री र विषयगत प्रतिनिधि सहभागी हुने सभामा मन्त्री पोखरेलले पाँच सदस्यीय नेपाली प्रमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालका अनुसार सभामा ‘सबैका लागि शिक्षा’ को सहस्राब्दी विकास लक्ष्य र सन् २०१५ पछिको शिक्षाको विकास लक्ष्यबारे छलफल हुनेछ ।

टोलीमा युनेस्को नेपालका निमित्त राष्ट्रिय सचिवालयका उपमहासचिव डा कमलेषकुमार सिन्हा, उपसचित बलराम तिमल्सिानालगायत हुनुहुन्छ । मन्त्री पोखरेल यही कात्तिक २५ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts