डडेल्धुरा, १० मङ्सिर । डडेल्धुरास्थित उग्रतारा भगवतीको मन्दिरमा लाग्ने सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेला आज सम्पन्न भएको छ । बुधबारबाट सुरु भएको मेला आज दिउँसो पूजाआजा गरेर सम्पन्न भएको छ ।
देहीजातका नामले प्रसिद्ध सो मेलामा सुदूरपश्चिमका विभिन्न स्थान बैतडी, डोटी, कैलाली, कञ्चनपुर, दार्चुला र बझाङ जिल्लाका साथै छिमेकी भारतीय क्षेत्रबाट समेत श्रद्धालु भक्तजन उग्रतारामा दर्शन गर्न आउने गरेका स्थानीय मेला व्यवस्थापकले जानकारी दिएको छ । तर, यस वर्ष पेट्रोलियम पदार्थको अभावले सवारीसाधन चल्न नसकेपछि दशनार्थीको सङ्ख्या घटेकोे छ ।
हरेक वर्ष कात्तिक शुल्क पूर्णिमाका बेला लाग्ने उग्रतारा मेलाका दिन उग्रतारा मन्दिरमा पूजाअर्चना गरेमा मनोकामना पूरा हुने विश्वास रहिआएको छ । उग्रतारा देवीको मन्दिर पश्चिम नेपालकै एक महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको स्थानीय बासिन्दा बताउँछन् । रासस
No comments:
Post a Comment