Saturday, November 14, 2015

समानता नभए एकता मजबुत नहुने : पूर्वराज्यमन्त्री अन्सारी

विराटनगर, २८ कात्तिक । राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनका केन्द्रीय संरक्षक एवम् पूर्वराज्यमन्त्री रिजवान अन्सारीले समानता नभएसम्म मुलुकको राष्ट्रिय एकता मजबुत हुन नसक्ने बताउनुभएको छ ।

राष्ट्रिय मुस्लिम सङ्घर्ष समिति मोरङद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा उहाँले मधेसी, मुस्लिम र जनजातिलगायतको अधिकार संविधानमा सुनिश्चित हुनुपर्ने धारणा राख्नुभयो ।

मधेसमा जारी आन्दोलनबारे उहाँले सरकारलाई वार्तामा गम्भीर हुन आग्रह गर्नुभयो ।

आफूहरु कुनै धर्म र साम्प्रदायविरुद्ध नरहेको स्पष्ट गर्दै मुस्लिम आयोगको अधिकार र कार्य क्षेत्र निर्धारण हुनुपर्ने, मुस्लिमको अधिकार सुनिश्चित हुनुपर्ने विषयमा जोड दिनुभयो ।

सो गठबन्धनका जिल्ला अध्यक्ष शाहव अहमद ‘गुड्डु’को अध्यक्षतामा भएको उक्त कार्यक्रममा गठबन्धनका केन्द्रीय अध्यक्ष समीम अन्सारी, महासचिव जाकिर हुसैन, जिल्ला सचिव फिरोज खान, केन्द्रीय संरक्षक नदरुल हसनलगायतले मुस्लिमको अधिकारलगायतका विषयमा आ–आफ्ना धारणा प्रकट गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts