Monday, November 2, 2015

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम

काठमाडौँ, १६ कात्तिक । नेपाली सेनाको विशेष तालिम प्राप्त छाउनीस्थित महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको एस्पेसल फोर्सको ए कम्पनी, फस्ट बटालियन गु्र्रपबीच आजदेखि छाउनीमा ब्यालेन्स नाइल १६–०१, तालिम सुरु भएको छ ।

महावीर गण (रेञ्जर) स्थित छाउनी र तालिम शिविर नगरकोट इलाकामा करिब एक महिनासम्म सञ्चालन हुने उक्त तालिमबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदानप्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक सङ्गठनसँग सहकार्य गरी सैनिक कारबाही सञ्चालन गर्न सक्ने क्षमतालाई समेत वृद्धि गर्न विशेष सहयोग पुग्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

संयुक्त तालिम÷अभ्यासबाट दुई देशबीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

शिष्टाचार भेट

प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग काठमाडौँस्थित रेडक्रस(आइसिआएसी) का अन्तर्राष्ट्रिय समितिका प्रमुख श्रीमती ड्रागाना कोजिकले आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताका क्रममा उहाँहरुबीच अन्तर्राष्ट्रिय मानवीय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकारका विषयमा द्विपक्षीय छलफल भएको सेनाले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts