Monday, November 2, 2015

पाँच लाख हस्ताक्षर सरकारलाई बुझाइयो

काठमाडौँ, १६ कात्तिक । नेकपा (एमाले) निकट युवा सङ्घ नेपालले भारतले गरेको अघोषित नाकाबन्दीका विरुद्ध सङ्कलन गरेको पाँच लाख हस्ताक्षर आज सरकारलाई बुझाएको छ ।

सङ्घका अध्यक्ष राजीव पहारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज परराष्ट्र मन्त्रालयमा हस्ताक्षर बुझाएको हो । गत असोज २१ गतेदेखि हस्ताक्षर सङ्कलन गरिएको हो ।

हस्ताक्षर बुझाउन अघि सङ्घको केन्द्रीय कार्यालय बुद्धनगरबाट सङ्घका पदाधिकारी तथा सर्वसाधारणसहित निकालिएको पदयात्रा अनामनगरको हनुमानथानमा आएर कोणसभा गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै सङ्घका अध्यक्ष पहारीले भारतले गरेको अघोषित नाकाबन्दीबाट भूपरिवेष्ठित राष्ट्र नेपालको पारवहन अधिकार हनन भएकाले अन्तर्राष्ट्रिय कानुन, बहुपक्षीय र दुइपक्षीय व्यापारिक सन्धि सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्नुभयो ।

हस्ताक्षर सङ्कलन अभियानका संयोजक रमेश पौडेलले नेपालको राष्ट्रियता र सार्वभौमसत्तालाई संरक्षण गर्न सम्पूर्ण युवा एकजुट हुनुपर्नेमा जोड दिँदै भारतले गरेको ज्यादतीका विरुद्ध अन्तर्राष्ट्रिय तहमा दबाब सिर्जना गर्न हस्ताक्षर अभियान गरिएको हो भन्नुभयो ।

सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले नाकाबन्दीका कारण बिरामीलाई औषधि र उपचार पाउन नसक्ने अवस्था आएको र निमुखा जनताको चुलो बल्न छाडेकामा चिन्ता व्यक्त गर्र्दै देशभर जिल्ला प्रशासन कार्यालयमार्फत नाकाबन्दीका विरुद्ध आज ज्ञापनपत्र बुझाएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts