Wednesday, November 4, 2015

देशको अस्मिताका लागि राष्ट्रिय एकता आवश्यक–नेत्री कोइराला

इटहरी, १८ कात्तिक । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले देशको अस्मितालाई सुरक्षित राख्न सम्पूर्ण राजनीतिक दलहरुबीच इमान्दारिपूर्वक कम्तीमा न्यूनतम सहकार्यको सहमति आवश्यक रहेको बताउनु भएको छ ।
सुनसरी सदरमुकाम इनरुवामा आज आयोजित कार्यकर्ता भेटघाटका अवसरमा उहाँले नेपाली जनताको भाग्य र भविष्य निर्माण गर्दै सुन्दर नेपाल बनाउन हिमाल पहाड र तराइको भू–भागमा बसोवास गर्दै आएका राष्ट्रवादी नेपालीहरुबीच एकता र सहकार्य जरुरी रहेकोमा जोड दिनुभयो ।
उहाँले हालै जारी भएको संविधानले सवै क्षेत्र जाति र लिङ्गलाई अधिकतम अधिकार दिएको बताउँदै तराईमा जारी आन्दोलन वार्ताका माध्यमबाट सुल्झाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेत्री कोइरालाले काँग्रेसले जहिले पनि तराईमा बसोवास गर्ने नेपाली जनतालाई विश्वासमा लिएर काम गरेको विगतको इतिहास साक्षी रहेको कसैले भुल्न नहुने बताउँदै विपी कोइराला, गणेशमान सिंह कृष्णप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाले समेत तराईमा बसोवास गर्ने नेपालीहरुलाई पहिलो प्राथमिकतामा राखेर राजनीति गर्ने गरेको दृष्टान्तको स्मरण गराउनु भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts