Wednesday, November 4, 2015

प्रधान सेनापतिद्वारा बाहिरी अड्डाको निरीक्षण

काठमाडौँ, १८ कात्तिक । प्रधान सेनापति राजेन्द्र क्षत्रीले आज मध्य पश्चिम पृतना हेडक्वाटर अन्तर्गत जुम्लास्थित श्री नं. २४ बाहिनी अड्डा, नेपालगन्जस्थित श्री नं. ४ बाहिनी अड्डा, दाङ तुलसीपुरस्थित श्री नं. १९ बाहिनी अड्डा र घोराहीस्थित श्री तारादल गणको निरीक्षण भ्रमण गर्नुभएको छ ।
निरीक्षणका क्रममा प्रधानसेनापति क्षत्रीले ती बाहिनी अड्डा तथा गणको बस्तुस्थिति, बन्दोबस्ती, तालिमलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सो अवसरमा उहाँले बाहिनी तथा गणका सकलदर्जालाई सम्बोधन गर्दै मुलुक र जनताप्रतिको जिम्मेवारीलाई मध्यनजर राख्दै वर्तमान अवस्थामा उच्च मनोबलका साथ निस्वार्थ भावनाले अभिप्रेरित भई अनुशासित, संयम एवम् व्यावसायिक ढङ्गले कटिबद्ध भइ पुरा गर्न निर्देशन दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts