Thursday, November 26, 2015

रेडियो स्टेसनमा पेट्रोल बम प्रहार

परासी, १० मङ्सिर । नवलपरासीमा रहेको सामुदायिक रेडियो ‘परासी’मा गए राति पेट्रोल बम प्रहार गरिएको छ ।

राति करिब दश बजेको समयमा अज्ञात समूहले रेडियो स्टेसनमा पेट्रोल बम प्रहार गरेको उक्त रेडियोले जनाएको छ । बम प्रहारबाट कार्यालय परिसरमा रहेको लु१८प ४००१ नम्बरको मोटरसाइकल जलेको छ । आगलागीबाट मोटरसाइकल पूर्ण रुपमा ध्वस्त भएको छ ।

बम प्रहार गर्नुअघि ९८५७०४५८९४ नम्बरको मोबाइलबाट रेडियोमा फोन गरी धम्की पनि दिइएको थियो ।

रेडियोका अध्यक्ष सुमनगोपाल आचार्यले घटनाको भत्र्सना गर्नुभएको छ ।

यसैबीच रेडियो परासीले आजदेखि अनिश्चितकालका लागि आफ्नो प्रसारण बन्द गरेको छ । रेडियो स्टेसनको सुरक्षा नभएको तथा पटकपटक धम्की आउने क्रम जारी रहेको पृष्ठभूमिमा आज बिहानदेखि अनिश्चितकालका लागि प्रसारण बन्द गरिएको रेडियोका प्रबन्ध निर्देशक मेघराज गौतमले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts