Friday, November 6, 2015

सुरुङ्गा गोल्ड कपको उपाधि ब्वाइज युनाइटेडलाई

सुरुङ्गा (झापा), २० कात्तिक । सुरुङ्गामा जारी सुरुङ्गा गोल्ड कप–२०७२ को उपाधि ब्वाइज युनाइटेड काठमाडौँले हात पारेको छ ।

मेची अञ्चलकै सर्वाधिक पुरस्कार राशि रहेको उक्त प्रतियोगितामा झापा ११ लाई १–० को गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि हात पारेको हो । आज भएको फाइनलमा ब्वाइजका लागि सुमन लामाले खेलको ७६ औँ मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त बन्यो ।

विजेता टोलीले उपाधिसँगै रु दुई लाख ५१ हजार १११, ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेता झापा–११ ले रु एक लाख लाख ५१ हजार १११, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
सुरुङ्गा जेसिसको आयोजनामा यही कात्तिक १३ गतेदेखि सुरु भएको खेलमा नेपाल, भुटान र भारतका आठ टोलीको सहभागिता थियो । प्रतियोगितामा ब्वाइज युनाइटेडका सुमन लामा ‘म्यान अफ दि सिरिज’ घोषित हुँदै रु १० हजार प्राप्त गरे । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts