काठमाडौं, १६ कात्तिक । कृषि मन्त्रालय तथा फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा यही कात्तिक १९ गतेदेखि २२ गतेसम्म नवौं गोदावरी पूmल प्रतियोगिताको प्रदर्शनी हुने भएको छ ।
गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेला २०६४ सालदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको एशोसिएसनका उपाध्यक्ष दिलीप बादेले जानकारी दिनुभयो ।
समयअनुकूल व्यवसायिकतातर्फ उन्मुख गर्न पुष्पको जातिय विकास एवम् गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउने मेलाको उद्देश्य रहेको उहाँले बताउनुभयो । फूलको अत्यधिक माग हुने पर्व तिहारलाई लक्षित गरी ललितपुरको जाउलाखेलमा मेला तथा प्रदर्शनी गर्न लागिएको हो ।
मेलामा व्यावसायिक स्टल, सूचनामुलक र फूलका ३६ वटा प्रदर्शनी कक्षहरु रहने आयोजकले जनाएको छ । मेलामा गोदावरी फूलको विभिन्न प्रजातीका फूलहरुका साथै अन्य फूल बिरुवासमेत प्रदर्शनी गरिनेछ ।
मेलामा प्रतिस्पर्धामा समावेश भएका नर्सरीलाई प्रथम, द्वितीय र तृतीय घोषणा गरी पुरस्कृत गरिनेछ । यस वर्ष “रोपेर फूल गोदावरी, सजाआँै घर आँगन वरिपरि” नाराका साथ सो मेलाको आयोजना गरिने भएको छ । रासस
No comments:
Post a Comment