Sunday, November 1, 2015

पञ्चेश्वर परियोजना निर्माणका लागि जनदबाब : काँग्रेस प्रवक्ता बडू

बेलौरी (कञ्चनपुर), १५ कात्तिक । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले पञ्चेश्वर निर्माणका लागि जनदबाब दिनुपर्ने बताउनुभएको छ ।

कञ्चनपुरको महेन्द्रनगर–१८ कटानमा आज काँग्रेस कार्यकर्तासितको भेटघाटका क्रममा उहाँले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना सुदूरको गौरव भएको बताउँदै यसको काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “सुदूरको विकासका लागि पञ्चेश्वर छिटो बन्नुपर्छ”, उहाँले भन्नुभयो, “यसका लागि राज्यलाई यस क्षेत्रबाट आवश्यक जनदबाब दिनुपर्छ ।”

पञ्चेश्वर परियोजना ढिला बन्न नहुनेमा उहाँले जोड दिनुभयो । राष्ट्रकै विकासका लागि पञ्चेश्वर मेरुदण्ड भएको नेता बडूको भनाइ छ ।

भेटघाटका क्रममा काँग्रेस कञ्चनपुरका नेता गोपाल गुरुङले पार्टीले संविधानसभा निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै संविधान कार्यान्वयनमा समेत काँग्रेसको भूमिका हुनुपर्नेमा जोड दिनुभयो ।

विसं २०५१ मा नेपाल र भारत सरकारबीच महाकाली सन्धिमा पञ्चेश्वर परियोजना एक वर्षभित्र बनाउन सहमति भए पति गत वर्ष मात्रै सम्झौता भएको हो । काँग्रेस नेताले सुदूरको विकास निर्माणका पार्टी केन्द्रबाट समेत पहल गरिदिन आग्रह गरेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts