Thursday, November 26, 2015

नेपाली काँग्रेस सरकारमा सहभागी हुनुपर्छ – नेता खाँण

तिलोत्तमा (रुपन्देही), १० मङ्सिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपाली काँग्रेस सरकारमा सहभागी हुनुपर्ने बताउनुभएको छ ।

जनताले एक तिहाई मत दिएर सांसदमा पठाएको लोकतान्त्रिक पार्टी सरकारमा बसेर सविधान कार्यान्वयन गर्नुपर्ने भन्दै काँग्रेसले प्रधानमन्त्री नपाएपनि कुनै न कुनैरुपमा सरकार सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

नेपाल महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा आज बुटवलमा आयोजित एक दिने अञ्चलस्तरीय गोष्ठीमा नेता खाँणले काँग्रेसले प्रधानमन्त्री, राष्ट्रपति, सभामुख सवै गुमाउनुमा नेतृत्वको दोष रहेको धारणा राख्नु भयो ।
नेपाल महिला सङ्घकी केन्द्रिय सभापति डिना सङ्ग्रौलाले महिलाको आर्थिक, सामाजिक, विकासका लागि लोकतान्त्रिक पार्टीको नाताले काँग्रेसले नेतृत्व गर्नुपर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts