काठमाडौँ, १६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टोलिफोन गरी आजको वीरगन्ज घटनाबारे कुराकानी गर्नुभएको छ ।
एमाले स्थायी समितिको बैठक चलिरहेका बेला मोदीले टेलिफोन गरी घटनामा भारतीय नागरिकको मृत्यु भएको विषयमा चासो राख्नुभएको थियो ।
प्रधानमन्त्रीमा प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओलीले आन्दोलनकारीका पक्षबाट सुरक्षाकर्मीलाई आक्रमणको प्रयास भएकाले नियन्त्रणका लागि गोली चलाउँदा घटना भएको जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले नेपालमा भारतीय नागरिक र सवारी साधनको सुरक्षाको कुनै चिन्ता नगर्न र नेपालमा निर्वाध आपूर्तिको व्यवस्थाका लागि आग्रह गर्नुभएको थियो ।
उहाँहरुबीच तराई मधेसमा जारी आन्दोलन र समस्या समाधानका लागि भएका वार्ताबारे पनि कुराकानी भएको थियो ।
ओली प्रधानमन्त्री भएपछि मोदीसँगको यो दोस्रो टेलिफोन वार्ता हो । रासस
No comments:
Post a Comment