Monday, November 2, 2015

वीरगन्ज घटनाले वार्ताको वातावरण बिगा-यो– मोर्चा

काठमाडौँ, १६ कात्तिक । संयुक्त लोकतान्त्रिक मेधेसी मोर्चाले सरकार र आन्दोलनकारी पक्षबीच बन्दै गएको सकारात्मक वातावरणलाई वीरगन्जमा आज भएको घटनाले खण्डित तुल्याएको जनाएको छ ।
वीरगन्ज घटनाले सरकारले वार्तालाई रणनीतिको रुपमा प्रयोग गर्न खोजेको आभास भएको मोर्चाले आरोप पनि लगाएको छ ।
मोर्चाद्वारा आज यहाँ आयोजित पत्रकारसम्मेलनमा तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले वार्तालाई सार्थक र परिणाममुखी बनाउन प्रयास भइरहेका बेला वीरगन्ज घटनाले त्यसमा प्रश्न खडा गरेको छ भन्नुभयो ।
वार्ता बिथोल्ने काम सरकारबाटै भएकाले वार्ताको औचित्य समाप्त हुँदै गएको उहाँको भनाइ थियो ।
पत्रकारसम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भने अविलम्बरुपमा सरकार जिम्मेवार ढङ्गले प्रस्तुत भई वार्ताको वातावरणलाई सहज बनाउन भूमिका निर्वाह गरोस् भनिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts