Monday, November 2, 2015

चिनियाँ अनुदानको पेट्रोल काठमाडौँमा

काठमाडौँ, १६ कात्तिक । चीनले अनुदानस्वरुप उपलब्ध गराएको पेट्रोल आज साँझ काठमाडौँमा आइपुगेको छ ।

आइतबार नेपाल–चीनको केरुङ नाकामा नेपाललाई अनुदानमा उपलब्ध गराएको पहिलो ‘लट’ को पेट्रोल काठमाडौँ आइपुगेको नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्माले जानकारी दिनुभयो ।

चीनले नेपाललाई एक हजार टन (१३ लाख लिटर) पेट्रोल अनुदानमा दिने सहमति गरेको थियो ।

भारतको अघोषित नाकाबन्दीका कारण चर्को इन्धन सङ्कट भएपछि विकल्पका रुपमा सरकारले चीनबाट आयात गरिएको हो ।

नेपाल आयल निगम र पेट्रो चाइनबीच चीनबाट इन्धन आयात गर्ने औपचारिक सहमति भएपछि इन्डियन आयल कर्पोरेसन(आइओसी)सँगको एकलौटी व्यापारको विकल्प पाएको हो ।

पहिलो लटमा उपलब्ध गराउने पेट्रोल लिन एक हजार २०० लिटर बोक्ने १२ वटा ट्याङ्कर गत शुक्रबार केरुङतर्फ गएको थियो ।

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्वप्रसाद अर्यालका अनुसार १२ वटा ट्याङ्करले पहिलो लटमा एक लाख दुई हजार लिटर तेल आइपुगेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts