काठमाडौँ, १६ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वकीय सचिवमा झापा तोपगाछी–४ का भेषराज अधिकारीलाई नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका उपसचिव हरिप्रसाद दवाडीले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएअनुसार राष्ट्रपति भण्डारीले राजपत्राङ्कित विशिष्ठ श्रेणी सरहको स्वकीय सचिव पदमा अधिकारीलाई नियुक्त गर्नुभएको हो । रासस
No comments:
Post a Comment