सप्तरी, ८ मङ्सिर । दुई दिनदेखि तनावग्रस्त सप्तरी जिल्ला आज बिहानदेखि सामान्य बनेपछि सप्तरी प्रशासनले लगाएको निषेधाज्ञा आज दिउँसो ३ बजेदेखि हटाइएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आज बसेको सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।
गत आइतबारदेखि पूर्व–पश्चिम राजमार्गको भारदह, रुपनी र सदरमुकाम राजविराजमा लगाइएको निषेधाज्ञा आज दिउँसो ३ बजेबाट हटाइएको हो ।
यता राजमार्ग क्षेत्रअन्तर्गत पूर्वको कोसी ब्यारेजदेखि पश्चिमको बलान खोलासम्म पाँचसय मिटर दक्षिण र उत्तरपट्टि र कदमहा—गाईघाट सडकखण्डमा निषेधित क्षेत्र जारी नै रहेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा राति ९ देखि बिहान ७ बजेसम्म निषेधाज्ञा कायमै रहेको बताइएको छ । रासस
No comments:
Post a Comment