Tuesday, November 24, 2015

वासुकलालाई विद्यावारिधि प्रदान

काठमाडौँ, ८ मङ्सिर । नेपाल संस्कृत विश्वविद्यालयले जुनुमैया वासुकला रञ्जितकारलाई काठमाडौँका परम्परागत बौद्ध चित्रकला’ विषयमा विद्यावारिधि (पिएचडी) उपाधि प्रदान गरेको छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक डा धनेश्वर नेपालले वासुकलालाई विद्यावारिधि प्रदान गरिएको जानकारी दिनुभयो । ‘भक्तपुरको पञ्चदान पर्व’, ‘धम्मदूत’ र ‘चारुमती स्तूप’ नामक पुस्तक उहाँका प्रकाशित छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts