Friday, November 27, 2015

बोक्सीको आरोपमा यातना पाएकी पीडित महिलाको निधन

धनगढी, ११ मङ्सिर । बोक्सीको आरोपमा झन्डै दुई वर्षअघि निर्मम यातना पाएर पीडित हुनुभएकी कैलाली जिल्लाको साविक बेलादेवीपुर गाविसकी एक वृद्धाको आज निधन भएको छ ।

आफन्तबाट विसं २०६९ चैतमा यातना पाउनुभएकी बेलादेवीपुर गाविस (हाल अत्तरिया नगरपालिका) घुरसुवा गाउँकी राजकुमारी रानाको निधन भएको उहाँका छोरा दरबारी रानाले बताउनुभयो ।

उहाँ छ दिनदेखि बेहोस हुनुहुन्थ्यो । सो घटनापछि आमालाई समयसमयमा बेहोस हुने समस्या देखिने गरेको भए पनि आर्थिक समस्याकै कारण पूर्ण उपचार हुन नपाएको दरबारीले बताउनुभयो ।

उहाँलाई उपचारका लागि छ दिनअघि सेती अञ्चल अस्पतालमा ल्याइएकामा निको हुन नसकेपछि घरमै राखिएको थियो ।

सोही गाउँका रामकुमारी राना, निरा राना, धर्मसिंह राना, रामसिंह रानाले अमानवीय तरिकाले उहाँलाई कुटपिट गर्दै मलमूत्रसमेत खुवाएर घर नजिकको रुखमा बाँधेर यातना दिएका थिए ।

घटनाका दोषी रामसिंह राना र धर्मसिंह राना अझै फरार रहेको बताइएको छ । पीडकमध्येका निरा र रामकुमारी रानालाई तत्कालै प्रहरीले पक्राउ गरी कारबाही गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts