Friday, November 27, 2015

नाकाबन्दीविरुद्ध सबै नेपाली एकजुट हुनुपर्छ–नेता पाण्डे

त्रिशूली (नुवाकोट), ११ मङ्सिर । पूर्व मन्त्री एवम् नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले भारतको नाकाबन्दीविरुद्ध सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभएको छ ।

आज बागेश्वरी गाविसमा नेकपा (एमाले) बागेश्वरी गाउँ कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा नेता पाण्डेले भारतले आफ्नो स्वार्थ पूरा गर्न गरेको नाकाबन्दीको नेपाली जनताले डटेर सामना गरिरहेका छन् भन्नुभयो ।

एमाले केन्द्रीय सदस्य ईश्वरी रिजालले सरकारले भारतको नाकाबन्दीविरुद्ध कूटनीतिक तबरबाट काम भइरहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले) नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा, उपाध्यक्ष विन्दा ढुङ्गाना, बद्री मैनालीलगायतका नेताहरुले मन्तव्य राख्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts