Saturday, November 7, 2015

सत्ताइस ट्याङ्कर पेट्रोलियम पदार्थ लिन केरुङमा

धुन्चे (रसुवा), २१ कात्तिक । चिनियाँ अनुदानको पेट्रोलियम पदार्थ लिन नेपाल आयल निगमका २७ वटा ट्याङ्कर आज तिव्वतको केरुङ पुगेका छन् ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलका अनुसार केरुङ गएका ३४ खाली ट्याङ्करमध्ये सातवटाले पेट्रोलियम पदार्थ बोकी आज काठमाडौँतर्फ प्रस्थान गरिसकेका छन् भने २७ वटा ट्याङ्कर पेट्रोलियम पदार्थ भर्न केरुङमै बसेका छन् ।

गत कात्तिक १४ गतेयता ४४ ट्याङ्कर पेट्रोलियम पदार्थ नेपाल भित्रिसकेको सशस्त्र प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts